एनआईसी एशिया क्यापिटलको कार्यशाला सम्पन्न |
काठमाडौं (आपास) । एनआईसी एशिया क्यापिटलले आयोजना गरेको निःशुल्क कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाले ‘ग’वर्गका वित्तीय संस्थाका लागि लगानी व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले सो गोष्ठी आयोजना गरेको थियो । संस्थागत जोखीम न्यूनीकरण गर्न वित्तीय संस्थाले लगानीमा तय गर्नुपर्ने निश्चित मार्गचित्र तथा समयसापेक्ष रूपमा लगानीका आधार परिमार्जन गर्ने तरीकाबारे सो कार्यशाला केन्द्रित रहेको थियो । गोष्ठीमा लगानीको व्यावहारिक तथा आधारभूत पक्षबारे जानकारी तथा लगानीमा निर्णय क्षमता अभिवृद्धि गराउने विभिन्न पक्षबारे जानकारी दिइएको थियो । गाोष्ठीमा २० भन्दा बढी वित्तीय संस्थाका विभिन्न तहमा कार्यरत प्रतिनिधिको सहभागिता थियो ।
एनआईसी एशिया क्यापिटलको धितोपत्र बोर्डद्वारा आयोजित क्यापिटल एक्स्पो–२०७५ मा सहभागिता रहेको छ । सो प्रदर्शनीमा राखिएको एनआईसी एशिया क्यापिटलको स्टलमा प्रत्यक्ष अवलोकन गर्न आएका २५ सयभन्दा बढी सहभागीले क्यापिटलले प्रदान गर्ने सेवाको जानकारीे लिनुका साथै लगानीका विषयमा अन्तरक्रिया गरेका थिए ।