नबिललका थप पाँच शाखा सञ्चालनमा |
काठमाडौं (आपास) । नबिल बैङ्कले देशका विभिन्न स्थानमा थप शाखा सञ्चालन गरेको छ । बैङ्कले रूपन्देहीको सम्मरीमाई गाउ“पालिका–८≤ जुम्लाको तिला गाउ“पालिका–१≤ सुर्खेतको बराहताल गाउ“पालिका–५≤ बझाङको वित्थडचिर गाउ“पालिका–४ तथा डँडेलधाको आलिताल गाउ“पालिका–८ मा शाखा सञ्चालन गरेको हो ।
बैङ्किङ पहुँच नपुगेका गाउँपालिका तथा नगरपालिकामा शाखा स्थापना गर्ने बैंकको उद्देश्य र नेपाल सरकारको एक स्थानीय तहमा एउटा बाणिज्य बैङ्कको शाखा भन्ने नीतिलाई अपलिम्बन गरी शाखा सञ्चालनमा ल्याएको बैङ्कले जानकारी दिएको छ । यी थप शाखामार्फत सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधाका साथै रकम भुक्तानीलगायत सम्पूर्ण बैङ्किङ सेवासमेत प्राप्त गर्न सकिने बैङ्कको भनाइ छ । हालै सञ्चालनमा आएका शाखासहित बैङ्कले देशभर ६७ शाखा तथा १ सय ११ एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।