मेगाका थप तीन शाखा सञ्चालनमा |
काठमाडौं (आपास) । मेगा बैङ्कले हालै नेपालका तीन स्थान आफ्ना नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले देशभर शाखा सञ्जाल विस्तार गर्ने क्रममा तनहुँ, स्याङजा र धनुषामा शाखा सञ्चालन गरेको हो ।
बैङ्कले बुधवारदेखि तनहुँको भानु नगरपालिका, स्याङ्जाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकाबाट सेवा सञ्चालन गरेको हो । बैङ्किङ पहुँचबाहिर रहेका ती क्षेत्रका स्थानीयवासीहरुलाई घरदैलोमै अत्याधुनिक बैङ्किङ सेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बैंकले बताएको छ । यी सबै शाखामार्फत सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधाका साथै रकम भुक्तानीलगायत सम्पूर्ण बैङ्किङ सेवासमेत प्राप्त गर्न सकिने बैङ्कको भनाइ छ । हालै सञ्चालनमा आएका शाखासहित बैङ्कले देशभर ९१ शाखा तथा ७४ एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।