नेपाल वायुसेवा निगमको एक दशकपछि जापान उडान शुरु, राज्यमन्त्रीसहित १ सय ५१ यात्रु उडे |
काठमाडौं । नेपाल वायुसेवा निगमले एक दशकपछि विहिबारदेखि जापान उडान शुरु गरेको छ । विहिबार विहान साढे दुई बजे १ सय ५१ जना यात्रुसहित ओशाका उडान गरेको हो ।
पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, निगमका बोर्ड संचालक, व्यवसायी, पर्यटनमन्त्रालयका सहसचिव उडेको पहिलो फ्लाइट ओशाकामा अवतरण भइसकेको छ । यही जहाज शुक्रबार ८० जना यात्रु लिएर काठमाडौं उडान गर्नेछ ।
पर्यटनमन्त्री योगेश भट्टराईले जापान उडानको औपचारिक उद्घाटन गरेका थिए । राज्यमन्त्री बुढासहितको टोली शनिबार स्वदेश फर्किनेछ । निगमले एयरवस–३३० जहाजबाट सातामा दुई उडान गर्नेछ । निगमले इकोनोमी क्लास अन्तर्गत काठमाडौं–ओशाका भाडादर ४१ हजार रुपैयाँ राखेको छ भने दुईतर्फी भाडादर ७७ हजार रुपैयाँ तोकेको छ ।