नयाँ होण्डा ग्राजिया नेपाली बजारमा |
स्याकार ट्रेडिङ ज्योति ग्रूपअन्तर्गतको कम्पनी हो ।
कम्पनीका अनुसार समकालीन शहरी डिजाइनमा आधारित होण्डा ग्राजिया आकर्षक र स्टाइलिस लूकमा छ । एलईडी हेडल्याम्पयुक्त यस स्कुटरमा १ सय २५ सीसीको इञ्जिन रहेको छ । होण्डा इको टेक्नोलोजीको प्रयोग यस स्कूटरमा गरिएको कम्पनीको दाबी छ । इको टेक्नोलोजीका कारण यस स्कुटरले बढी माइलेज र पावर दिने कम्पनीले जानकारी दिएको छ । १ सय ९० एमएम फ्रण्ट डिस्क ब्रेक भएकाले यसलाई आफूले भनेकै समयमा रोक्न सजिलो हुने बताइएको छ ।
यस होण्डा ग्राजियाको अर्को मुख्य आकर्षक विशेषता भनेको यसमा रहेको फ्रण्ट ग्लोब बक्स र मोबाइल चार्जिङ सकेट हो । ज्योति ग्रूपले होण्डा मोटरसाइकलको आयात सन् १९६८ देखि गरेको हो ।