यस्ता छन् अटो शोमा प्रर्दशनमा राखिएका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर |
काठमाडौं । बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ’नाडा अटो शो’ चलिरहेको छ । विद्युतीय सवारीमा अवलोकन कर्ताको आर्कषण देखिएको छ । साथैै विद्युतीय सवारीमा पछिल्लो समय नयाँ आविष्कार पनि भइरहेको छ । यो वर्ष पनि धेरै कम्पनीले दइपांग्रे विद्युतीय सवारीसाधन प्रदर्शनी गरेका छन् ।
जिनियस
विद्युतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी जिनियसको नेपालका आधिकारिक वितरक योमा मा मोटर्सले ४ मोटरसाइकल र २ स्कुटर प्रदर्शन गरेको छ । जिनियसका मोटरसाइकल फुल चार्जमा १ सय २० किलोमिटरसम्म र स्कुटर ८० किलोमिटरसम्म गुड्ने कम्पनीका डाइरेक्टर सन्जिव सिल्पाकारले जानकारी दिए ।
कम्पनीले मोटरसाइकल तथा स्कुटरका २ वर्षको वारेन्टी दिएको छ । कम्पनीले यसको मूल्य एक्सवाई–५४ मोटरसाइकलको ३७८०००, डब्लु – ५४ मोटरसाइकलको ३७८०००, विप–३४ मोटरसाइकलको २७८०००, एक्स–५४ मोटरसाइकलको ३७८०००, एक्सएन–१२३२ स्कुटरको १९९००० र एलटी –१५३२ स्कुटरको १९६००० निर्धारण गरेको छ ।
सुपर सोको
विद्युतीय सवारी साधन कम्पनी सुपर सोकोको नेपालका लागि आधिकारिक वितरक दिगोले अटो शोमा ५ ओटा मोटरसाइकल र स्कुटर प्रदर्शन गरेको छ । कम्पनीले सियु प्लस स्कुटर, सियुएक्स स्कुटर, सियुएक्स (डुकाटी एडिसन) स्कुटर, टिसी बाइक र टिसी म्याक्स बाइक सार्वजनिक गरेको हो ।
कम्पनीले यसको मूल्य सियु प्लस स्कुटरको २३८०००, सियुएक्स स्कुटरको २९८०००, सियुएक्स (डुकाटी एडिसन) स्कुटरको ३४८०००, टिसी बाइकको ३४८००० र टिसी म्याक्स बाइकको ५४८००० निर्धारण गरेको छ ।
न्यू
विद्युतीय सवारी निमार्ता कम्पनी न्यू को नेपालको लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले नाडा अटो शोमा ३ ओटा विद्युतिय स्कुटर प्रदर्शन गरेको छ ।
एनजीटी सिरिजको मूल्य ४ लाख २५ हजार, एन सिरिजको मूल्य २ लाख ५४ हजार, एन सिरिजको मेटल कलरको २ लाख ६० हजार र एम सिरिजको २ लाख ३५ हजार निर्धारण गरेको छ । एनजिटी सिरिजका स्कुटर ३ घण्टा ३० मिनेटमा फुल चार्ज हुने र १ सय २० किलोमिटर भन्दा धेरै माइलेज दिने कम्पनीको दावी छ ।
त्यस्तै एन सिरिजका स्कुटर ४ देखि ६ घण्टामा फुल चार्ज हुने र ८० किलोमिटर माइलेज दिने तथा एम सिरिजका स्कुटरले स्कुटर ४ देखि ६ घण्टामा फुल चार्ज हुने र ८० देखि १०० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
मियामा
जापानी विद्युतिय स्कुटर कम्पनी मियामा इलेक्ट्रिक स्कुटरको नेपालको आधिकारिक वितरक मियामा मोटर्स प्रालीले नाडा अटो शोमा ४ ओटा विद्युतिय स्कुटर राखेको छ ।
कम्पनीले स्कुटरको ब्याट्रीमा १ वर्ष, मोटरमा २ वर्ष र क्नट्रोलरमा १ वर्ष वारेन्टी प्रदान गरेको छ । कम्पनीले यी स्कुटरको मूल्य एसडी१ को १ लाख ४९ हजार, वेवाई१ को १ लाख ६८ हजार, एल वाई१ को १ लाख ६५ हजार रसिजेवाईको१ को १ लाख ६४ हजार निर्धारण गरेको छ ।