माछापुच्छ्रे बैंकले खोल्यो प्रदेश १ र २ मा एकै पटक १३ वटा शाखा, सातै प्रदेशमा सञ्जाल |

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।
बैंकले प्रदेश नम्बर २ स्थित बाराको सिमरा, कलैया र नीजगढ, सर्लाहीको हरिवन, मलंगव र लालबन्दी, धनुषाकोे ढल्केबर, सिराहाको गोलबजार तथा सप्तरीको कन्चनपुरमा ९ वटा र प्रदेश नं. १ स्थित झापाको उर्लाबारी र सुरुङ्गा, उदयपुरको गाईघाट तथा ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखा खोलेको हो ।
शाखाहरु सम्बन्धित नगरका प्रमुख तथा बैंकका अध्यक्ष डा बिरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकको सातै प्रदेशमा १३६ वटा शाखा पुगेका छन् । बैंकका १२१ शाखारहित बैकिङ्ग सेवा इकाइ पनि छन् । बैंकका १५७ वटा एटिएम छन् ।