बीओके र गुराँस लाइफबीच सम्झौता |
दुवै कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । बैंक र इन्स्योरेन्सबीच बुधवार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछाने र इन्स्योरेन्सका सहायक महाप्रबन्धक सरोज बुढाथोकी क्षत्रीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै अब ग्राहकले गुराँस लाइफ इन्स्योरेन्सले प्रदान गर्ने बीमा सेवासम्बन्धी सम्पूर्ण सुविधा बैंकका सबै शाखाबाट प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।