कुमारी बैंकले दिने भयो ८६ करोड ८५ लाख रुपैयाँको बोनस शेयर |
काठमाडौं । कुमारी बैंकले पूँजीकोष बढाउन गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभाबाट पारित हुने गरि चुक्ता पूँजीको १० प्रतिशतशत अर्थात ८६ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक बर्षको भन्दा लाभांस दर आधाले घटाएको छ। अब बैंकको चुक्ता पूँजी ९ अर्ब ५४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ६८ करोड रुपैयाँ छ ।
गत आर्थिक बर्ष बैंकले एक अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । प्रति शेयर आम्दानी भने १५ रुपैयाँ छ । लाभांस बाड्न योग्य नाफा ९६ करोड ७० लाख रुपैयाँ मात्रै थियो। केहि रकम जगेडामा राखेर बाँकी बोनस शेयर वितरण गरेको छ ।
बैंकले विगत ६ वर्षदेखि वितरण गरेको लाभांस
आर्थिक वर्ष |
बोनस शेयर % |
नगद लाभांस % |
कुल लाभांस% |
प्रति शेयर आम्दानी |
2075/2076 |
10 |
0.52 |
10.52 |
15.36 |
2074/2075 |
8.5 |
0 |
8.5 |
14.36 |
2073/2074 |
12.75 |
0 |
12.75 |
18.27 |
2072/2073 |
21 |
1.1 |
21 |
27.42 |
2071/2072 |
11 |
0.58 |
11.58 |
14.51 |
2070/2071 |
33 |
1.74 |
34.74 |
18.65 |