सामसुङको सर्भिस सेण्टर हेटौंडामा |
उक्त सेण्टरको सामसुङ इण्डियाका उपाध्यक्ष वाई वी वनले शुभारम्भ गरेका हुन् ।
कम्पनीले विक्रीपछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो १३औं आधिकारिक सर्भिस सेण्टर हेटौंडामा खोलेको बताएको छ । यसअघि कम्पनीले काठमाडौं (सुन्धारा, न्यूरोड, कमलादी), जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटवल तथा बिर्तामोडमा आफ्नो आधिकारिक सर्भिस सेण्टर खोलिसकेको छ ।
उक्त सर्भिस सेण्टरले भरपर्दाे एवम् सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । यो सर्भिस सेण्टरबाट मकवानपुर तथा आसपास क्षेत्रका ग्राहकले लाभ लिन सक्नेमा कम्पनी विश्वस्त रहेको छ ।