काठमाडौं । नयाँ गाडी किन्ने योजना बनाउनेहरुलाई यो दशैंतिहारको समय उचित समय हो । मौकाको रुपमा लिन्छन् । दशैंतिहारलाई लक्षित गर्दै गाडी निर्माता तथा वितरक कम्पनीले ग्राहकलाई आकर्षित गर्न विभिन्न योजना ल्याएका छन् । यसले धेरैलाई लोभ्याउने गरेको छ भने यही समयमा नयाँ उत्पादन बजार आउने भएकाले उपभोक्ता पनि यसको लाभ लिन उत्साही देखिन्छन् ।
मारुती सुजुकी
दशैं तथा तिहारलाई लक्षित गर्दै मारुती सुजुकी गाडीको नेपालको लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले विभिन्न आकर्षक अफर योजना ल्याएको छ । मारुती सुजुकीको गाडी खरिदमा पनि विभिन्न छुट तथा सुविधाहरु पाइन्छ । विभिन्न गाडीहरुमा नगद १ लाखदेखि २ लाखसम्मको छुटको व्यवस्था गरिएको छ ।
यसैगरी सबै गाडीमा १ वर्षको सवारी बिमा निःशुल्क छ भने १ वर्षको फ्री सर्भि्सिङ सुविधा पनि छ । यसैगरी स्क्र्याच कार्डमार्फत १० हजारदेखि १ लाख रुपैयाँसम्म नगद छुट दिने योजना पनि रहेको छ ।
हुण्डाई
हुण्डाई कम्पनीले पनि दशैं तथा तिहारलाई लक्षित गर्दै अफर योजना सार्वजनिक गरेको छ । हुण्डाई कम्पनीको गाडी नेपाललको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो ।
हुण्डाई गाडीको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गाडीको अनुसार अधिकतम् ६ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ । यो अवसरमा बुकिङ हुने गाडीहरुमा एकवर्षको बिमा निःशुल्क गर्ने कम्पनीले जनाएको छ ।
यसैगरी १ वर्षसम्मको सवारी बिमा, सडक दस्तुर छुट योजना ल्याएको छ । दशैं तिहारको योजना अन्तरगत लक्की ड्रमार्फत १ सय जनालाई एक तौल सुन जित्ने अवसर छ । बम्पर योजना अन्तर्गत दुई जनालाई इलाइट(आइ ट्वेन्टी र क्रेटा दिने व्यवस्था पनि गरेको छ
टाटा
नेपालमा आफ्नो बजारलाई बलियो बनाउँदै लगेको टाटाले दशैं तथा तिहारलाई लक्षित गरेर विभिन्न छुट तथा सुविधा योजना ल्याएको छ । टाटा मोटर्स गाडीको नेपालको लागि आधिकारिक विक्रेता सिप्रदी हो । कम्पनीले बोल्ट गाडी खरिद गर्दा ५० हजार छुट दिने छ । प्रत्येक जनालाई २ लाख ६० हजार रुपैयाँ पर्ने यमाहा एफजेटएफ मोटरसाइकल र ४.९९ प्रतिशतको व्याजदरमा अटो लोनको पनि व्यवस्था छ ।
त्यस्तै जेष्ट खरिदमा पनि प्रत्येक जनालाई २ लाख ६० हजार रुपैयाँ पर्ने यामाहा एफजेटएफ मोटरसाइकल र ४.९९ प्रतिशतको व्याजदरमा अटो लोनको व्यवस्था गरेको छ । यसैगरी टियागो गाडी खरिदमा १ लाख ७५ हजार रुपैयाँ पर्ने यमाहाको फासिना स्कुटर अफर योजना ल्याएको छ । साथै स्टानो मंहगो गाडी खरिदमा भने एक जोडीलाई युरोप टुर योजना समेत ल्याएको छ ।
किया
किया गाडीले पनि दशैं तथा तिहारको अवरसमा नाडा अटो शोमा दिएको नगद छुट नै निरन्तरता दिने भएको छ । दशैं तथा तिहारको अवसरमा किया गाडी किन्दा २५ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म नगद छुट छ । नेपालमा कोरियन ब्रान्ड कियाका ७ विभिन्न गाडी उपलब्ध रहेको छ । कम्पनीले उपलब्ध गराउने गाडीको प्रारम्भिक मूल्य ४१ लाख ४५ हजार रुपैयाँदेखि मंहगोमा १ करोड २५ लाख रुपैयाँसम्म रहेको छ ।
फोर्ड
फोर्ड गाडीले पनि ग्राहक मन जित्न दशै तथा तिहार अफर योजना घोषणा गरेको छ । फोर्ड गाडी नेपालको लागि आधिकारिक विक्रेता गो अटोमोबायल्स प्रालि हो । कम्पनीले कार अनुसार छुटको घोषणा गरेको छ । कम्पनीले न्युनतम् १० हजारदेखि अधिकतम ८ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ । स्क्रयाच कार्डमार्फत केटीएम(२०० बाइक र भेस्पा स्कुटर पनि पुरस्कारका रुपमा राखिएको छ । यसमा सामसुङको ४२ इन्चको टेलिभिजन, क्यानोनको डी एसएलआर क्यामेरा र गियर घडी रहेको छ ।
डाटसन
डाटसन कम्पनीको गाडी नेपालको लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्प हो । कम्पनीका अनुसार डाटसन कम्पनीका गाडी खरिद गर्दा ग्राहकले दशैं अफरका रुपमा १ लाख रपैयाँसम्म छुट पाउने छन् । त्यस्तै कम्पनीले २५ हजार रुपैयाँ बराबरको एशेसरिज सुविधा पाउनेछन् । १ वर्षसम्मको सडक दस्तुर, नामसरी खर्च कम्पनीले बेर्होने छ ।
कम्पनीले ३ वर्षसम्मको ग्यारेन्टी र ३ वर्षसम्म सर्भिस सुविधामा निःशूल्क दिने बताएको छ । डाटसनको रेडी गो नेपाली कार बजारमा इन्ट्री लेभलको कार हो । डाटसन कम्पनीका १३ लाख ९९ हजार रुपैयाँ देखिका गाडी बजारमा उपलब्ध छन् ।
जिनियस मोटर्स
विद्युतिय मोटरसाइकल कम्पनी जिनियस को लागि नेपालको आधिकारिक वितरक योमा इमोटर्सले नाडा अटो शोमा जिनियस मोटरसाइकल खरिद गर्नेलाई २० हजार नगद छुटको व्यवस्था गरेको छ।
केटिएम
नेपालको लागि केटिएम मोटरसाइकलको आधिकारिक वितरक केटिएम हुलास इन्भेस्टमेन्टले नाडा अटोमा प्रत्येक मोटरसाइकलको खरिदमा १५ हजार नगद छुटको व्यवस्था गरेको छ।
रोयल इन्फिल्ड
नेपालको लागि रोयल इन्फिल्डको आधिकारिक वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रालिले नाडा अटो शोका लागि प्रत्येक रोयल इन्फिल्ड मोटरसाइकलको खरिदमा एउटा लेगगार्ड र एउटा हेल्मेट दिने व्यवस्था गरेको छ।
मित्सुबिसी
मित्सुबिसी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लियोन मोटर्सले नाडा अटो शो भरी गाडी खरिद गर्नेले २ लाख नगद छुट र एउटा क्लेभल्याण्ड मोटरसाइकल दिने जनाएको छ।
बिएमडब्लु
बिएमडब्लु मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हिमालयन मोटोर्राडले नाडा अटो शो भरका लागि प्रत्येक मोटरसाइकलमा ३ हजार नगद छुटको व्यवस्था गरेको