मारुतीको निःशुल्क परामर्श सेवा |
कम्पनीले खटाएको ‘मोबाइल कङ्क्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवासहितको भ्यानले हरेक निर्माणस्थलमै पुगेर दक्ष प्राविधिकबाट कङ्क्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकताअनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रूपमा प्रदान गर्ने भएको हो ।
यो सेवामा कङ्क्रिट कम्प्रेसिभ स्ट्रेन्थको जाँच, सम्पूर्ण ढलानसम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामग्रीको सही छनोट तथा मिश्रणको सही अनुपात एवम् यसको कार्यक्षमताबारे जानकारी, भाइबे्रटर र क्युरिङ गर्ने तरीका, कङ्क्रिट बनाउने तरीकासम्बकन्धी परामर्श तथा सहयोग प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । हाललाई काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन गरिएको यो सेवा निकट भविष्यमा उपत्यकाबाहिर पनि शुरू गरिने कम्पनीका सिनियर ब्राण्ड म्यानेजर राजु श्रेष्ठले बताए ।