टीभीएसद्वारा स्वस्तिमा खड्का र प्रदीप खड्कालाई एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर अनुमोदन |
काठमाडौं । लोकप्रिय स्टार स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमा टीभीएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर अनुमोदन गरिएको छ । टीभीएस मोटर र नेपालका लागि टीभीएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिद्वारा ब्राण्ड एम्बेसेडरको घोषणा गरिएको हो ।
जेन जेडलाई लक्षित टीभीएस एनटर्क १२५ मा विशेष प्रविधि प्लयाटफर्म टीभीएस स्र्माट कनेक्टेड छ र यो नेपालमै पहिलो कनेक्टेड स्कुटर हो । यो टीभीएस रेसिङ पेडिग्रीमा आधारित भएर विकसित गरिएको छ र यसमा स्टेट–अफ–आर्ट ऋख्त्ष्(च्भ्ख्ख् घ भल्भ इन्जिन रहेको छ ।
यस सहकार्यको बारेमा एक्जुकेटिभ भाइस प्रेसिडेन्ट–इन्टरनेशनल बिजनेस अफ टीभीएसका आर दिलिपले भने, “हामीले अघिल्लो वर्ष नेपालको पहिलो स्पार्टी स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ सार्वजनिक गरेका थियौं र यो ब्राण्ड चाडैं नेपालमा सबैभन्दा तीव्र गतीमा वृद्धि हुने स्कुटर ब्राण्ड बनेको छ । स्टार स्वस्तिमा र प्रदीप देशको युवा आकांक्षाको प्रतिक हुन र यस सहकार्यले हाम्रो ब्राण्डको दृश्यता बहुसंख्यक रुपमा बढ्नेछ ।”
जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अनुमोदनको घोषणा गर्दै भने, “हाम्रो लोकप्रिय ब्राण्ड–टीभीएस एनटर्क १२५ मा मनोरञ्जन जगतका दुवै अग्रणी युवा आइकन स्वस्तिमा खड्का र प्रदीप खड्कासँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । हामीले उनीहरुसँगको यात्रा अद्भुत रहने आशा गरेका छौं ।”
अभिनेत्री स्वस्तिमा खड्काले टीभीएस सँग आवद्ध भएको अवसरमा भनिन्, “टीभीएस मोटर कम्पनीसँगको मेरो यात्रा गत वषदेखि नै मजबुत भइरहेको छ । मेरो मनपर्ने सवारी टीभीएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर हुन पाउँदा म अत्यन्तै प्रसन्न छु । अन्य स्कुटर भन्दा म यस स्कुटरको स्टाइलिस लुक र स्मार्ट विशेषता जस्तै नेभिगेशन एसिस्ट र कलर आईडी फंगशनले मोहित भएकी छु र यस सहकार्यका लागि उत्साहित छु ।”
यस सहकार्यका बारेमा प्रदीप खड्काले भने, “म स्पोर्टी स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ सँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छु । यो आखाँ लोभ्याउने नवयुवा स्कुटर हो र म यस ब्राण्डको स्मार्ट विशेषता र पर्फमेन्सको अनुभव लिन निकै उत्सुक भएको छु ।”
स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित भएर टीभीएस एनटर्क १२५ ले सार्प, सिग्नेचर टेल र एलईडी टेल ल्याम्प सहित एग्रेसिभ स्टाईललाई मुर्त रुप दिएको छ ।