नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने, खुद नाफा ४३ करोड ३९ लाख रुपैयाँ |
काठमाडौं । नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कोषले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ ।
कम्पनीले लाभांस पारितका लागि भदौ ३० गते साधारणसभा डाकेको छ । कोषको शेयर पूँजी १ अर्ब १० करोड २३ लाख रुपैयाँ छ ।
कोषले गत आर्थिक बर्ष ४३ करोड ३९ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो बर्ष कोषको नाफा ३५ करोड ९३ लाख रुपैयाँ थियो । कोषको कुल आम्दानी ७९ करोड ८३ लाख रुपैयाँ छ। कोषको कुल खर्च २० करोड ५० लाख रुपैयाँ छ ।
कोषले एक बर्षमा ब्याज आम्दानी ४ करोड ७५ लाख गरेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी ७३ करोड ५० लाख रुपैयाँ गरेको छ ।