नेपाल एसविआइ बैंकको नाफा २ अर्ब ३० करोड |
काठमाडौं । नेपाल एसविआइ बैंकले आफ्नो नाफा बढाएको छ । बैंकले प्रकाशन गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा बैंकले २ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले नाफा बढाएको हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकको नाफा २ अर्ब २ करोड थियो ।
आर्थिक वर्ष २०७४/७५ मा ४ अर्ब १४ करोड ब्याज आम्दानी गरेको बैंकले गतवर्ष ४ अर्ब ७४ करोड रुपैयाँ पु¥यायो ।
गत वर्षको तुलनामा बैंकले निक्षेप र कर्जा दुबै विस्तार गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा ८४ अर्ब २२ करोड निक्षेप संकलन गरेको बैंकले गत वर्ष ९७ अर्ब ८८ करोड पु¥याएको छ । यस्तै सोहि अवधिमा कर्जा ७२ अर्बबाट ८४ अर्ब बनाएको छ ।
बैंकको खराब कर्जा अनुपात ०.२० प्रतिशत नै कामय गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७४.३८ प्रतिशत छ अघिल्लो वर्षको तुलनामा कर्जा निक्षप अनुपात फेरिएको छैन ।
बैंकको बेसरेट ९.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १०.१२ प्रतिशत थियो । बैंकले वर्ष भरिको निक्षप र कर्जाको व्याजदरको अनुपात ४.४३ प्रतिशत कायम गरेको छ । बैंकको प्रति सेयर आम्दानी २७.२६ रुपैयाँ रहेको छ । प्रतिशेयर नेट वेर्थ भने १६७.६९ छ ।