‘फर्चून ग्लोबल ५००’ मा साओमी |
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी साओमी कर्पोरेशन पहिलो पटक फर्चून ग्लोबल ५०० सूचीमा समावेश भएको छ ।साओमी विश्वव्यापी टेक्नोलोजी लिडर २०१९ का लागि फर्चून ग्लोबल ५०० सूचीको ४६८औं स्थानमा पर्ने सबैभन्दा कान्छो कम्पनी बन्न पुगेको छ। गत आर्थिक वर्षमा शाओमीले २६,४४३.५० मिलियन अमेरिकी डलर राजस्व तथा २०४९.१० मिलियन अमेरिकी डलर बराबरको मुनाफा कमाएको कम्पनी इन्टरनेट सेवा र रिटेलिङ श्रेणीमा ७औं स्थानमा रहेको छ ।
“शाओमीलाई फर्चून ग्लोबल ५०० को सूचीमा पुग्न केबल ९ वर्ष लागेको छ, यो माइल्स्टोन हासिल गर्नका लागि हामीलाई निरन्तर समर्थन गर्नुहुने एमआई फ्यान तथा प्रयोगकर्ताहरुमा हामी धेरै आभार प्रकट गर्न चाहान्छौं । यो वर्षको सूचीमा हामी सबैभन्दा कान्छो कम्पनी हौं, यस गौरवपूर्ण रेकर्डसँगै हामी विश्वव्यापी विस्तारको यात्रालाई अर्को स्तरमा पुर्याउन यी सब कुराहरुलाई ध्यानमा राख्नेछौं ” साओमीका संस्थापक, अध्यक्ष तथा सीईओ लेई जुनले भनेका छन् ।
स्मार्टफोन र स्मार्ट हाडवेयरको साथमा इन्टरनेट अफ थिङ्ग प्ल्याटफर्ममा आधारित अप्रिल २०१० मा स्थापना भएको इन्टरनेट कम्पनी साओमी पहिलो पटक जूनमा फर्चून चीन ५०० सूचीको ५३औं स्थानमा पर्न सफल भएको थियो ।
सन् २०१२ मा कम्पनीको सेल्स रेभिन्यू आरएमबी १० हजार मिलियन (१४५३.७२ मिलियन अमेरिकी डलर) र सन् २०१७ मा आरएमबी एक लाख मिलियन (१४५३७.२१ मिलियन अमेरिकी डलर) पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजार अनुसन्धान संगठन आईडीसीका अनुसार, मार्च २०१९ मा, शाओमी सिपमेन्ट सेल्स भोलुमका आधारमा प्रत्येक वर्ष ३२.२% को वृद्धि गर्दै विश्वकै चौथो स्मार्टफोन ब्राण्ड बनेको छ ।
फर्चून ग्लोबल ५०० ६७ वर्षदेखि विश्वभरका शिर्ष ५०० वटा कर्पोरेशनहरुको वार्षिक र्याकिङ हो , जुन अघिल्लो आर्थिक वर्षको राजस्व तथा मुनाफाको आधारमा र्याकिङ गरेर फर्चून म्यागेजिनमा प्रकाशन गरिन्छ ।