काठमाडौंका सबै मालपोत कार्यालयमा भू–सेवा केन्द्र राखिने, साँखु मालपोत स्मार्ट घोषित |
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले काठमाडौंको सबै मालपोत कार्यालयमा भू–सेवा केन्द्र राख्न निर्देशन दिएको छ ।
यसअघि लेखापढि व्यवसायी मालपोत कार्यालयमा ‘नो इन्ट्रि’ भनेको सरकारले भू–सेवा केन्द्रको नाममा व्यावसायीलाई सहज इन्ट्रिको अर्को बाटो खुलाएको हो ।
केहि महिना अघि कलंकी मालपोत कार्यालयमा शुरु गरेको भू–सेवा केन्द्र काठमाडौं जिल्लाभरको मालपोत कार्यालयमा शुरु गर्न विभागले निर्देशन दिएको छ । जिल्लाका साँखु, डिल्लीबजार, मनमैजू, चाबहिल कार्यालयमा भू(सेवा केन्द्र राख्न निर्देशन दिएको हो ।
विभागले भू(सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६ अनुसार केन्द्र स्थापनाको लागि सूचना जारी गरेको हो । सेवा केन्द्र स्थानिय सरकार, व्यक्ति वा संस्थाले सञ्चालन गर्न सक्छन्। सेवा केन्द्रमा काम गर्न चाहने व्यक्तिले मान्याता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उर्तिण गरेको हनु पर्नेछ । ६ महिनाको कम्युटर ट्रेनिङ र ५० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । संस्थाको हकमा कर चुक्ता प्रमाणपत्र र २ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ । भू–सेवा केन्द्रको अनुमति चाहेजति व्यक्ति वा संस्थाले लिन सक्ने विभागले जनाएको छ ।
मापदण्ड पुरा गरेपछि मालपोत कार्यालयमा अनुमतिका लागि निवेदन दिनुपर्नेछ । निवेदन उपर कार्यालयले अध्ययन गरि अनुमति दिने नदिने निर्णय गछ । लाइसेन्स प्राप्त व्यक्ति वा संस्थालाई कार्यालयले युजर नेम र पासवर्ड प्रदान गर्छ । सोहि आधारमा सेवा केन्द्रले अनलाइन लेखापढिको अधिकार प्राप्त गर्छन् ।
विभागले साँखु मालपोत कार्यालयलाई स्मार्ट मालपोत कार्यालय घोषणा गरेको छ । कलंकीपछि विभागले साँखु मालपोतलाई स्मार्ट कार्यालय घोषणा गरेको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सोमबार कार्यालयको उद्वघाटन गरेकी हुन् ।