एभरेष्ट बैंकको नाफा १८ प्रतिशतले बढेर ३ अर्ब माथि, स्प्रेड ४.२९ प्रतिशत |
काठमाडौं । विदेशी संयुक्त लगानीको एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक बर्ष खुद नाफा १८ प्रतिशतले बढाएको छ । बैंकले एक बर्षमा ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
अघिल्लो बर्ष बैंकको नाफा २ अर्ब ५८ करोड रुपैयाँ छ । बैंकले खुदा ब्याज आम्दानीमा पनि करिव १६ प्रतिशतको बृद्धि गरेको छ । बैंकले १५.७४ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर ५ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ । बैंकले ऋण लगानी १ खर्ब ४ अर्ब रुपैयाँ पुर्याएको छ भने निक्षेप १ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएको छ । ऋण लगानी बिस्तार गर्दै लगेका कारण बैंकको पूँजी कोष अनुपात घट्दो क्रममा देखिएको छ । १४.२ प्रतिशतको पूँजीकोष अनुपात घटेर १३.७५ प्रतिशतमा झरेको छ ।
बैंकले ८.४५ प्रतिशतको आधार दरलाई घटाएर ८.१२ प्रतिशतमा ल्याएको छ । बैंकले ४.२९ प्रतिशतको स्प्रेडमा काम गरेको छ ।