गर्मीमा झुलको महत्व |
अन्य समयको तुलनामा गर्मीमा लामखुट्टेको समस्या बढी हुन्छ । यस्तो बेला लामखुट्टेको टोकाइबाट बच्न अधिकांशले झुलको प्रयोग गर्छन् । यो मौसममा तराईको जनजीवन त झन् झुलविना अपुरो नै हुन्छ । तराई क्षेत्रमा लामखुट्टे, सर्पलगायत विषालु जीवबाट बच्न यो निकै उपयोगी सामग्री हो ।
गर्मी महीनामा लामखुट्टेको टोकाइबाट बच्नु अति आवश्यक छ । लामखुट्टेलगायत कीराको टोकाइबाट डेङ्गु, मलेरिया, टाइफाइड, पहेँलो ज्वरो आदि लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले, यसबाट बच्न झुलको प्रयोग गर्नु निकै लाभदायी हुन्छ । जलवायु परिवर्तनले पृथ्वीको ताममान बढेसँगै अचेल तराईमा मात्र होइन, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रमा समेत लामखुट्टेको प्रकोप बढेको पाइन्छ । पानी जमेको ठाउँ, ढलनाला, फोहोरमैला र झाडी भएको ठाउँमा यो बढी मात्रामा लाग्छ ।
लामखुट्टे भगाउन अचेल बजारमा विभिन्न किसिमका धूप, लिक्विड पदार्थ आदि उपलब्ध छन् । तर, यस्ता सामग्रीको प्रयोग स्वास्थ्यवद्र्धक भने हुँदैन । धूपले आगलागीको सम्भावना हुन्छ भने श्वासप्रश्वासमा पनि असर पु¥याउँछ । त्यसैले, प्रयोग गर्न सजिलो, टिकाउ र स्वास्थ्यवद्र्धक एउटै उपाय झुलको प्रयोग नै हो । झुल ओढेर सुत्नु लामखुट्टे भगाउने दिगो र भरपर्दो उपायसमेत हो ।
विपत्तिका बेला घरबाहिर जहाँ कतै बस्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा लामखुट्टे, भुसुनालगायतबाट बच्न झुलले निकै सहयोग पु¥याउँछ । झुल पोर्टेबल सामग्री भएकाले यसको प्रयोग जहाँ पनि सजिलै गर्न सकिन्छ ।
अहिले बजारमा विभिन्न अकार–प्रकार र रङका झुल खरीद गर्न सकिन्छ । त्यस्तै, घरको आन्तरिक सज्जा बढाउने झुल पनि आएका छन् । सस्तोेदेखि महँगो मूल्यमा यो उपलब्ध हुन्छ । पछिल्लो समय कीटनाशक झुलको प्रयोग पनि बढेको छ । लामखुट्टे वा अन्य साना कीरा यस्ता भुलको नजिक आउनेबित्तिकै मर्छन् । नेपालमा भारत, चीन, कोरिया र बङ्गलादेशबाट झुलको आयात गरिन्छ ।