नेप्सेले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स छिट्टै दिने, १५ दिन भित्र आवेदन दिन आग्रह |
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्सका लागि आवेदन खुला गरेको छ । नेप्सेले कार्य्विधी सार्वजनिक गरेलगतै शुक्रबार १५ दिनभित्र आवेदन दिन खुला गरेको हो ।
नेप्सेको कार्य्विधि अनुसार ब्रोकरको काम गर्ने कम्पनी वाणिज्य बैंकको शतप्रतिशत लगानी भएको सहायक कम्पनी हुनुपर्नेछ भने चुक्ता पूँजी दुई करोड रुपैयाँ हुनु पर्नेछ ।
नेपाल राष्ट्रबैंकबाट धितोपत्र व्यवसाय गर्नका लागि वाणिज्य बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय सञ्चालन गर्ने स्वीकृति लिएको हुनुपर्छ । यो कार्य्विधि अनुसार अहिलेसम्म पाँच वाणिज्य बैकका सहायक कम्पनी ब्रोकरको काम गर्न योग्य देखिएका छन्।ती बैंकले छुट्टै कम्पनी खोलिसकेका छन् ।
कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार एनआईसी एशिया बैकले एनआइसी एसिया सेक्यूरिटिज, सानिमा बैकले सानिमा सेक्यूरिटिज, प्रभु बैकले प्रभु स्टक मार्केट, सिटिजन बैकले सीआईबिएल सेक्यूरिटिज र माछापुच्छ्रे बैकले माछापुच्छ्रे सेक्यूरिटिज कम्पनी दर्ता गराएका छन् । सहायक कम्पनी दर्ता गरे वाहेकका वाणिज्य बैंक पनि ब्रोकरको काम गर्न ईच्छुक देखिएका छन्।ती बैंकले ब्रोकरको काम गर्न राष्ट्र बैंकमा आवेदन दिएका छन् ।
राष्ट्र बैंक स्रोतका अनुसार नबिल बैक,कृषि विकास बैक, लक्ष्मी बैक, हिमालयन बैक,नेपाल बंगलादेश बैक ,सनराइज बैक,सिभिल बैकले आवेदन दिएका छन् । उनीहरूको आवेदन भने केन्दिय बैकले स्वीकृत गर्न बाँकी छ ।
स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्ट बैक,बैक अफ काठमाडौँ,एनआइसी एसिया बैक,कुमारी बैक, सिद्धार्थ बैक, ग्लोबल आईएमई बैक, जनता बैक, मेघा बैक र सेञ्चुरी कमर्सियल बैकलाई सहायक कम्पनी खोल्न स्वीकृति दिइसकिएको छ । ती बैंकले सहायक कम्पनी खोल्ने प्रकृया अगाडि बढाइसकेका छन् ।