देशको खासगरी तराई क्षेत्रमा गर्मिको अषर देखिन थालेको छ । ‘लु’ का कारण धेरै मानिसहरु लाई समस्या झेल्नु परीरहेको छ । यस्तो समयमा सहि र सुपाच्य खाना खानु एकदमै आवस्यक हुन्छ । गर्मिको समयमा राती खाने खानामा विशेष ध्यान दिनु पर्छ ताकि शरीरमा कुनै प्रकारका समस्या नआओस् । गर्मिमा रातीको खाना जे पायो त्यहि खानु हुदैन । बरु यस्तो खाना खानु पर्छ, जसले शरीरमा तरलता आाउनुका साथै गर्मिको प्रकोपबाट पनि राहत प्रदान गरोस । कयौं पटक धेरै खाना खानाले रातीमा विसन्चो हुनुका साथै राम्रो सँग निद्रा पनि लाग्दैन । गर्मिको समयमा राती खादा शरीरलाई लाभ पुग्ने केहि खाद्य पर्दथका बारेमा हामीले जानकारी दिन गईरहेका छौ । यस्ता खाद्य पदार्थ खानाले शरीर कमजोर नहुनुका साथै तरलता पनि रहिरहन्छ । गर्मि मौसममा खानु पर्ने केहि आवश्यक खाद्य पदार्थका बारेमा मदन लामिछानेको एक रिर्पोटː–
लौका
लोकामा गर्मि बाट हाम्रो शरीरलाई राहत दिने थुप्रै गुणहरु हुन्छन् । लौकामा पानीको मात्रा धेरै हुने भएकाले यसले शरीरलाई हाईड्रेट बनाइ राख्छ । रातीको खानामा लौका खाए पछि पानी कम खादा पनि डिहाईड्रशन हुदैन । यदि तपाई लाई गर्मिमा कुनै पनि खाना राम्रो सँग पच्दैन भने लौका खाँदम राम्रो हुन्छ । लौकाको तरकारी, कोरेर अचार तथा खिर बनाएर खान सकिन्छ ।
काक्रो
काक्रोमा पानीको मात्रा धेरै हुन्छ । यसलाई बेलुकाको खानामा खादा राम्रो हुन्छ । एउटा काक्रोमा ९६ प्रतिशत पानी तथा ४ प्रतिशत फाइबरको मात्रा हुन्छ । यसले पाचन पक्रियालाई मजबुच बनाउनुका साथै शरीरलाई डिहाईड्रेट हुन दिदैन ।
फर्सि
फर्सिमा पोटाशियम तथा फाइबर प्रसस्त मात्रामा हुन्छ । यसमा यस्ता गुण हुन्छन्, जसले सरीरलाई चिसो बनाई राख्छन् । गर्मिको समयमा रातीको खानामा यसलाई अवस्य सामेल गराउनुहोस् । फर्सि खानाले सरीरमा ब्लड सुगर पनि नियन्त्रित हुन्छ ।
घिरौला
घिरौला गर्मि महिनाका लागि एकदमै उपयोगी हुन्छ । यसलाई खानाले पाचनक्रिया राम्रो हुनुका साथै यस सम्बन्धि कुनै रोग लाग्दैन ।
उसिनेको आलु
गर्मिको समयमा उसिनेको वा फ्राई गरेको आलु खानाले कुनै समस्या हुदैन । यसमा कार्बोहाइडे«ट हुन्छ । जसलाई पचाउन सजिलो हुनुका साथै गर्मि सँग लड्न पनि सहयोग पु¥याउछ । यसलाई खानाले निद्रा पनि राम्रो सँग लाग्छ ।
दहि
दहिमा प्रसस्त मात्रामा पोषकतत्वका साथै क्याल्सियम हुन्छ । रातीमा दहि खानाले पेटमा कुनै पनि प्रकारको समस्या आउदैन । दहिको सेवनले सरीर चिसो हुन्छ ।