‘रोयल इन्फिल्ड मनसुन हेरिटेज राईड’ सम्पन्न, २९ किमि लामो यात्रा |
काठमाडौं । विवेक अटोमोवाइल्स प्रालिले यहि साउन ११ गते “रोयल इन्फिल्ड मनसुन हेरिटेज राईड” मोटरसाईकल र्याली कार्यक्रम सम्पन्न गर्यो ।
नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता, प्रतिष्ठित औधोगिक तथा व्यापारीक घराना एमभी दुगड ग्रुप अन्र्तगत पर्दछ ।
नेपालको गौरवमय इतिहास बोकेको विश्व सम्पदा सुचिमा सुचिकृत पौराणिक पुरातात्वीक धरोहरहरुको सरंक्षण, सम्वर्दन एवं प्रचार प्रसार गर्नु र्यलीको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
उक्त र्यालीमा रोयल इन्फिल्ड क्लासीक–३५० गनमेटल ग्रे मोटरसाईकलका ३५ जना राइडरहरुले उपस्थिती जनाएका थिए । बालाजुको रोयल इन्फिल्ड शोरुमबाट शुरु भएको थियो । त्यस्पछि र्याली स्वयम्भु, कलंकी, एकान्तकुना, मङ्गलबजार, ग्वार्खो, तिनकुने, बानेश्वर, माईतीघर, भद«काली, सहिदगेट, न्युरोड, जमल, दरबार मार्ग, नागपोखरी हुदैँ मेला रेष्टुरेन्ट, लैन्चौरमा समापन गरियो ।
टु–व्हील् राइड कल्चरको विकास र नेपालको आन्तरीक पर्यटन प्रवद्र्घन पनि र्यालीको उद्देश्य रहेको थियो ।
राइडरहरुको २९ किलोमिटरको लामो मोटरसाईकल र्यालीका लागि रोड क्यापटेन थिए रोयल इन्फिल्डका ब्राण्ड मयानेजर अनुज मल्ल ।