सञ्चय कोषमा १४८० संस्था थपिए |
काठमाडौं । कर्मचारी सञ्चय कोषमा १४७० वटा संस्था थपिएका छन् । नयाँ कार्यालयबाट २५ हजार सञ्चयकर्ता थपिएको कर्मचारी सञ्चय कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए । पुराना कार्यालयबाट ५२ हजार सञ्चयकर्ता रहेका छन्। नयाँ र पुराना गरी ३१ वटा संस्थाहरुबाट ७७ हजारभन्दा धेरै सञ्चायकर्ताले सञ्चय गरेका छन् ।
निजी स्तरका संस्थाहरुले सामाजिक सुरक्षालाई पनि ध्यान दिँदा सञ्चयकर्ताको संख्या बढेको हो । कोषले गत वर्ष सञ्चयकर्ताको लागि अपर तामाकोशी, रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत आयोजनाको प्राथमिक शेयर निष्कशन गरेको थियो । यसले गर्दा कोष प्रति सर्वसाधारणको चासो बढेको हो ।
संस्थाहरुले कर्मचारीहरुलाई आकर्षित गर्न कर्मचारी सञ्चयकोषको स्किमलाई प्राथमिकता दिन थालेका हुन्। कोषमा जोडिदै गर्दा कर्मचारीहरुले सुरक्षित भएर काम गर्ने हुँदा कम्पनीहरु कोषमा जोडिएका हुन् ।
कोषले आफ्ना सञ्चयकर्ताहरुलाई लाभांसवित हुने गरि विभिन्न योजना ल्याउदा दर्तावाल संस्थाहरुको आकर्षण देखिएको हो । कोषले गरेका कामहरु प्रति सर्वसाधारणको चासो बढ्दा कम्पनीहरु कोषमा जोडिन आकर्षित भएका हुन्। पछिल्लो समय कर्मचारीहरुको सामाजिक तथा आर्थिक सुरक्षाको विषय उठ्दै गर्दा सञ्चयकोषको आकार बढ्दै गएको हो ।
कर्मचारी सञ्चयकोषमा जोडिएका संस्थाले आफ्ना कर्मचारीको तलबको १० प्रतिशत र कर्मचारीको १० प्रतिशत रकम जम्मा गरिदिन सक्छन्। संस्था छाड्ने बेलामा सञ्चयकर्ताले साँवा व्याज सहित रकम फिर्ता पाउने छन् ।
सञ्चय कोषमा संस्थाहरुले आफ्ना कर्मचारीको सञ्चय गराउने ट्रेण्ड बढ्दा संस्था र सञ्चयकर्ताको संख्या बढेको हो । संस्था दर्ता गरेपछि उनीहरुले सञ्चय कोषमा जोडिन सक्ने छन् ।
कोषले केहि वर्ष अगाडि व्यक्तिले पनि सञ्चय गर्ने किसिमको योजना बनाएको थियो । योजनासँगै कार्यविधि पनि तयार भयो । तर सरकारले सरकारले सामाजिक सुरक्षा कोषको स्थापना गरेपछि यस्तो योजना अन्योलमा परेको हो । सामाजिक सुरक्षा कोषले व्यक्तीको पनि कोष बनाउने भएकाले आफ्नो योजनालाई अगाडी नबढाइएको श्रेष्ठले बताए ।
दुबैको कार्यक्षेत्र एउटै जस्तो देखिए पछि कोषले आफ्नो योजनालाई अगाडि नबढाएको हो । सामाजिक सुरक्षाकोषको कार्यक्षेत्र हेरेर आवस्यक परेमा मात्रै अगाडि बढाउने योजनामा कोष छ ।