जनकपुर विमानस्थलमा हवाई डिपो संचालनमा आयो |
काठमाडौं । नेपाल आयल निगमले जनकपुरमा हवाई इन्धन भर्न रिफ्युलिङ संचालनमा ल्याएको छ । विमानस्थलबाट रात्रीकालिन सेवालाई लक्षित गर्दै रिफ्युलिङ सेवा शुरु गरेको हो ।
यसअघि इन्धन भर्न जहाज तथा हेलिकप्टर काठमाडौंमै आउनुपर्ने बाध्यता थियो । अब यो बाध्यताबाट एयरलाइन्स् कम्पनीहरु मुक्त भएका छन्। यो विमानस्थलमा १६ हजार लिटर क्षमताको रिफ्युलिङ मेसिन राखिएको छ ।
सेवा शुरु भएपछि प्रदेश नम्बर २ मा रात्रीकालिन सेवा शुरु गर्न जहाजलाई बाटो खुलेको छ । यो विमानस्थलबाट दैनिक ४ वटा नियमित उडान हुँदैं आएको छ ।
रिफ्युलिङको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका हुन्। यो सुविधाबाट प्रदेश २ मा प्राकृतिक प्रकोपको समयमा उद्धार गर्न खटिने एयरलाइन्सहरुलाई समेत सहयोग पुग्ने विश्वास निगमले गरेको छ ।