गैर आवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी दिन्न ː भवन भट्ट |

गैर–आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले पुनː सो पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । भट्ट जापान बस्ने गर्छन्। उनले बुधबार यसको घोषणा गरेका हुन् । उनी २०११ मा एनआरनको कोषाध्यक्ष बनेका थिए ।
सन् २०१३ मा उपाध्यक्ष बनेका भट्ट सन् २०१७ मा शेष घलेकी श्रीमती जमुना गुरूङ्लाई पराजित गर्दै अध्यक्ष बनेका थिए । एनआरएन अध्यक्षको कार्यकाल दुई वर्षको हुनेगर्छ ।
बुधबार फेसबुक लाईभमार्फत पुनː उम्मेदवारी नदिने घोषणा गर्दै भट्टले गैर आवसिय नेपालीले दिएको जिम्मेवारीको जोडघटाउ गरिरहन नसक्ने बताउँदै उनले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न कामहरूको चर्चा गरेका छन् ।
उनले नेपालमा एनआरएनएको केन्द्रिय कार्यालय भवन निर्माण, शंखमूल घाट उद्यानको काम, एकिकृत लाप्राक बस्ती निर्माण, पहिलो बौद्धिक सम्मेलन, लगानी सम्मेलनको भव्यताका साथ सम्पन्न गर्ने काम गरेको उल्लेख गरे ।
त्यसैगरी उनले आफूलाई आफ्ने मूल्यांकनमा ठिकै रेटिङ गर्ने बताए । उनले आफ्नो काम गर्दा कुनै कमी नगरेको दाबी गरे ।
एनआरएनको ९ औं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ ।