एनटीए अध्यक्षमा पुरुषोतम खनाल |
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा पुरुषोतम खनाल नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद्बाट खनाल अध्यक्षमा नियुक्त भएका हुन्। यसअघि खनाल प्राधिकरणका निमित्त अध्यक्ष थिए ।
तत्कालिन अध्यक्ष दिगम्बर झाले राजिनामा दिएपछि मन्त्रिपरिषदको निर्णय अनुसार खनाललाई ६ महिनाको लागि कार्यावाहक अध्यक्षको जिम्मेवारी थियो ।
अध्यक्ष छनोट गर्न मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको थियो । समितिले उम्मेदवारले पेश गरेको थियो।समितिले खनाल वाहेक डा।नन्दबिक्रम अधिकारी र दीपकराज जोशीको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो । जोशी नेपाली काङग्रेसका नेता गोविन्दराज जोशीका छोरा हुन् ।
गोरखा जिल्लाका अधिकारी त्रिभुवन विश्व विद्यालयमा अध्यापनरत रहेका छन्। प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका थिए । १२ जनामध्येबाट प्रस्तुतिकरणको आधारमा तीन जनाको नाम सिफारिश गरेको हो ।