प्रभु लाइफले प्रदेशस्तरमा २ सयभन्दा धेरै कर्मचारी माग्यो, अन्य ४ बैंक र बित्तीय संस्थामा पनि अवसर |
काठमाडौं । प्रभु बैंकले जीवन बीमा व्यवसाय देशव्यापी प्रदेश स्तरीय शाखा कार्यालयका लागि दुईसय २२ जना भन्दा धेरै कर्मचारी माग गरेको छ । त्यस्तै कामना सेवा विकास बैंकले सञ्चालनमा रहेका तथा नयाँ स्थापना हुन लागेका शाखा कार्यालयको लागि कर्मचारी मागेको छ ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनी
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश स्तरीय शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले हरेक शाखा कार्यलयको लागि ब्रान्च म्यानेजर, सब ब्रान्च इन्चार्ज, बैंकास्योरेन्स र अप्रेसन इन्चार्जका लागि विज्ञापन आह्वान गरेको छ ।
कम्पनीले नयाँ ७४ वटा शाखा कार्यालयका लागि कर्मचारी मागेको हो । हरेक शाखामा एक जना ब्रान्च म्यानेजर, र दुई जनाको दरले इन्चार्ज नियुक्त गर्दा पनि कम्तिमा दुई सय २२ जना कर्मचारी नियुक्त गर्ने छ । कम्पनीले जीवन बीमा व्यवसायलाई देशव्यापी बनाउन नयाँ शाखा कार्यालय खोल्न लागेको जनाएको छ ।
ब्रान्च म्यानेजर पदका लागि कम्तिमा पनि स्नातकोत्तर गरी न्युनतम दुई वर्षको कार्यानुभव हुनु पर्नेछ । इच्छुक आवेदकले साउन १५ गतेसम्ममा अनलाइन आवेदन दिन सक्ने छन्। कम्पनीले स्थानीय आवेदकलाई प्राथमिकता दिने जनाएको छ । कम्पनीले प्रदेश एकको विर्तामोड, खाँदबारी, कटारी, भोजपुर, दिक्तेल, तेह्रथुम, सोलुखुम्बु, ताप्लेजुङ शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
त्यस्तै दुई नम्बर प्रदेशको विरगञ्ज, कलैया, लहान, जनकपुर, सिमरा, बर्दिबास, सुवर्नपुर, सिम्रौनगढ, चन्द्रपुर, गौर, बर्थहवा, मलङ्गवा, सिरहा र कञ्चनपुर शाखामा कर्मचारी माग गरिएको छ ।
तीन नम्बर प्रदेशको काठमाडौं उपत्यका, चरिकोट, रामेछाप, बाह्रविसे, धार्के, फर्पिङ र बनेपाको लागि कर्मचारी माग गरिएको छ । त्यस्तै चार नम्बर प्रदेशको पोखरा, लेखनाथ, बाग्लुङ, गोर्खा, बेनी, गल्कोट, वालिङ, कुस्मा, जोमसोम, खैरेनी शाखामा नयाँ कर्मचारी नियुक्त गर्ने भएको हो ।
पाँच नम्बर प्रदेशको बुटवल, नेपालगञ्ज, कपिलबस्तु, भैरहवा, लमही, कोहलपुर, रोल्पा, सन्धिखर्क, तम्घास, रामपुर, भुरीगाऊँ, जितपुर, रुकुमकोट, भुमही शाखामा कर्मचारी माग गरिएको हो ।
६ नम्बर प्रदेशका लागि सुर्खेत, कालिकोट, मेलकुन, दैलेख, सल्यान, बेवियाचौर सुर्खेत, चौरझारी, जुमलामा शाख खोल्न लागेको हो । र सात नम्बर प्रदेशका लागि धनगढी, टिकापुर, डोटी, विरगञ्ज, बाजुरा, अत्तरिया, साँफेवगर, बैतडीको पाटन, जोगबुढा र सुख्खडका लागि कर्मचारी माग गरेको हो ।
कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले पनि सञ्चालनमा रहेका ५ शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर माग गरेको छ । त्यस्तै नयाँ स्थापना हुन लागेका १० शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर पदका लागि आह्वान गरेको हो । ब्रान्च म्यानेजर पदका लागि स्नातकोत्तर गरि कम्तिमा तीन वर्षको कार्यानुभ हुनु पर्ने छ ।
बैंकले रिलेसनसिप म्यानेजर र सर्भिस म्यानेजर पदका लागि कर्मचारी माग गरेको छ । हाल सञ्चालनमा रहेका १३ शाखाका लागि रिलेसनसिप म्यानेजर र नयाँ स्थापना हुन लागेका १० शाखा कार्यालयका लागि पनि रिलेसनसिप म्यानेजर आह्वान गरिएको छ ।
हाल सञ्चालनमा रहेका १७ शाखा र नयाँ स्थापना हुन लागेका ११ शाखा कार्यालयका लागि सर्भिस म्यानेजर माग गरेको हो । अफिसर तहका कर्मचारीको हकमा ३५ वर्ष र सहायक स्तरका पदका लागि ३० वर्ष ननाघेको हुनु पर्नेछ । इन्छुक आवेदकले साउन १४ गतेसम्ममा अनलाइनबाट आवदेन दिन सक्ने छन् ।
माछपुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले केही संख्यामा सहायक स्तरका कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्ट बिजनेस एनलाइसिस्ट पदका लागि माग गरेको हो । यस पदका लागि न्युनतम इन्फरमेसन टेक्नोलोजीमा बिएस्सी सिएसआइटी उत्तीर्ण गरेका आवेदक माग गरिएको छ ।
युनाइटेड फाइनान्स
युनाइटेड फाइनान्सले नयाँ स्थापना हुन लागेको ९ शाखा कार्यालयका लागि जुनियर अफिसर, अफिसर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ ।
जुनियर अफिसर पदका लागि स्नातक गरि न्युनतम चार वर्षको कार्यानुभव हुनु पर्ने बताइएको छ । सिनियर एसिस्टेन्ट पदका लागि न्युनतम स्नातक गरी दुई वर्षको कार्यानुभव हुनु पर्नेछ ।
एसिस्टेन्ट पदका लागि स्नातक गरि एक वर्षको कार्यानुव हुनु पर्नेछ भने जुनियर एसिस्टेन्ट पदका लागि प्सटु गरेको हुनु पर्ने फाइनान्सले जनाएको छ । इच्छुक आवेदकले साउन १५ गतेसम्ममा अनलाइन आवेदन दिन सक्ने छन् ।