भेहिकल ट्र्याकिङ सिष्टमविरुद्ध वीरगञ्जका व्यापारी सडकमा उत्रिए |
वीरगञ्ज । सरकारले साउन १ गतेदेखि लागु गरेको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रेकिङ सिस्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको विरोधमा वीरगञ्जका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।
उनीहरुले आइतबार वीरगञ्ज उद्योग वाणिज्य संघदेखि घण्टाघरसम्म विरोध र्याीली निकालेका हुन् । र्यातलीका सहभागीले अव्यवहारिक नयाँ कर नीति खारेज गर, व्यापारिक एकता आजको आवश्यकता, कामदार माथिको प्यान खारेज गर, खाद्यान्न तथा ढुवानीमा लगाइएको भ्याट खारेज गर, बैंक खाता मार्फत पारिश्रमिक भुक्तानी खारेज गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई दुःख दिन खोजेकोले विरोधमा उत्रनु परेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।
उद्योग वाणिज्य महासंघका सदस्य गणेश लाठले सडक आन्दोलन नगरी सरकारले नसुन्ने भएकोले बाध्य भएर सडमा आउनुपरेको बताए । ‘सरकारले आन्दोलनबाहेक अरुबाट सुन्दैन, त्यसैले बाध्य भएर सडकमा आउनुपरेको छ’ उनले भने ‘आगामी दिनमा धर्ना बस्नुपर्ने हुन सक्छ, भन्सार घेर्नुपर्ने हुन सक्छ, त्यतिमात्रै होइन सडकमा सुत्नैपरे पनि मानसिक रुपमा तयार रहनुपर्छ ।’
लाठले विदेशी संस्थाको उक्साहटमा लागेर सरकारले अव्यवहारिक नीति ल्याएको जिकिर गरे । संघका पूर्वअध्यक्ष ओमप्रकाश शिकारियाले उद्योग वाणिज्य क्षेत्रलाई धराशायी बनाउने हिसाबले सरकारले काम गरेको आरोप लगाए ।