नेपाल टेलिकमको समर अफर, पोष्टपेड मोबाइल र संस्थागत ग्राहकलाई सहुलियत |
काठमाडौं । नेपाल टेलिकमले समर अफर ल्याएको छ । पोष्टपेड मोबाइल र संस्थागत ग्राहकलाई सहुलियत मूल्यमा सेवा दिनेगरी अफर ल्याएको कम्पनीले जानकारी गराएको छ । कम्पनीले एफटीटीएच सेवामा साउन ५ गतेदेखि लागू हुनेगरी छुट दिने भएको छ ।
अफरअन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटीटीएच सेवामा छुटमा कुराकानी, इन्टरनेट र म्यासेज प्रयोग गर्न सक्ने छन् । जसमा पोष्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय ९० मिनेट कम्पनीका मोबाइल तथा टेलिफोनमा कुरा गर्न सकिने छ । यसैगरी सोही रकममै एक सय मिनेटसम्म कम्पनी बाहिरका अन्य राष्ट्रिय सेवा प्रदायक कम्पनीका मोबाइल वा टेलिफोनमा पनि कुरा गर्न सकिने छ । यही छुटमा एक महिनासम्म ५ सय एमबी डाटा प्रयोग गर्न पाउनुको साथै १ सयवटा म्यासेज समेत पठाउन सकिन्छ ।
त्यस्तै पोष्टपेड मोबाइल प्रयोगकर्ताले मासिक ८ सय रुपैयाँ प्याकेजको छुट योजनामा सामेल भई ६ सय ५० मिनेट कम्पनीकै मोबाइल तथा फोनमा कुरा गर्न सक्नेछन् भने १ सय मिनेट अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पाउने छन्। यसमा १ जिबी बराबरको इन्टरनेट प्रयोगमा ल्याउन र २ सयवटा सन्देश पठाउन सकिने छ ।
१२ सय रुपैयाँको मासिक छुटमा सामेल हुँदा १ हजार मिनेट कम्पनीका मोबाइल वा टेलिफोनमा र १ सय ५० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल तथा फोनमा कुराकानी गर्न पाइने छ । यस छुट योजनामा २ जिबी ५ सय एमबी डाटा प्रयोग गर्नुका साथै ३ सयवटा म्यासेज आदानप्रदान गर्न सकिने छ ।
यसैगरी संस्थागत ग्राहक आबद्ध हुने ग्राहकले समूहभित्र असीमित ९जति पनि० कुराकानी गर्न पाउने सुविधा छ। मासिक २ सय रुपैयाँको सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न सक्नेछन् ।
यसअघि जम्मा ६५ मिनेट मात्र कुराकानी गर्न सकिने सुविधा थियो । यसपटक कम्पनीले २ सय रुपैयाँबाटै कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिने सुविधा थप गरेको छ । यसैगरी यही सेवा अन्तर्गत मासिक १ सय ४० एमबीको इन्टरनेट चलाउन र ५० वटा म्यासेज पनि पठाउन सकिने छ ।
त्यस्तै प्रिपेड वा पोष्टपेड दुवै मोबाइलमा ४ सय रुपैयाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबिको इन्टरनेट र १ सय वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिन्छ। साथै २० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पनि सकिने छ ।
७ सय रुपैयाँको संस्थागत प्याकेज लिएमा कम्पनीकै समूह बाहिरका फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न पाइने सुविधा दिइएको कम्पनीले जानकारी दिएको छ । १ हजार रुपैयाँमा ५ सय ५० मिनेट कुराकानी, १ हजार एमबी डाटा तथा डेढसय वटा म्यासेज पठाउन र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ ।
यसैगरी १३ सयको संस्थागत प्याकेजमा समूह बाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा पाउने छन्। १६ सय रुपैयाँको संस्थागत प्याकेजमा ७ सय ५० मिनेटसम्म समूहमा आबद्ध नभएका कम्पनीकै अरु फोन वा मोबाइलमा कुराकानी, २७ सय एमबी डाटा र २५० म्यासेजको सुविधा र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा प्राप्त हुनेछ । सबै संस्थागत प्याकेजहरुमा आफ्नो समूहभित्र असीमित कुराकानी गर्ने सुविधा रहने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको भ्वाइस सेवासहितको एफटीटीएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरु १५ एमबीपीएस, २५ एमबीपीएस, ४० एमबीपीएस र ६० एमबीपीएसमा उपलब्ध छन् । १५ एमबीपीएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँमा प्राप्त गर्न सकिने छ ।
त्यसैगरी २५ एमबीपीएसको १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । ४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्ध वार्षिक र वार्षिक शुल्क क्रमशː २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको र ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमश २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ ।
यी सबै प्याकेजमा उल्लेखित इन्टरनेट व्याण्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र वर्षको लागि क्रमश २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेट भ्वाइस टेलिफोन सेवा पनि निशुल्क उपलब्ध हुने छ ।
अहिले ल्याइएको प्याकेज ९० दिनलाई लागू हुने छ । त्यस्तै कम्पनीले यसअघि स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका अन्य छुटहरुलाई निरन्तरता दिएको जानकारी दिएको छ ।