केकी र कोशिसको ‘रातो गलबन्दी’ रिलिज, भिडिओ सहित |

काठमाडौं । कोशिस क्षेत्री र केकी अधिकारी अभिनित ‘रातो गलबन्दी’ को फस्टलुक पोस्टरसँगै शीर्ष गीत रिलिज भएको छ ।
साउन १७ गते प्रदर्शन हुने सिनेमामा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको प्रमूख भूमिका छ ।
सिनेमासई डेव्यु निर्देशक अनिश थापाले निर्देशन गरेका हुन्। राजेश पायल राई र श्रेया राईको स्वरमा रहेको गीतमा संगीत बिनोद खुम्बुले दिएका हुन्। लोकराज अधिकारीले गीत लेखेका हुन् ।
यस्तै गीतका कोरियोग्राफर गोबिन्द राई हुन् ।