चालु आवको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको सुधार |
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजारमामा दोहोरो अंकले सुधार आएको छ । लामो समयदेखि सुस्ताएको बजारमा बुधबार एकाएक चमक देखिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १५.८५ अंकले बढेर १२७४.८६ अंकमा उक्लिएको छ । बुधबार कारोबारको शुरु देखिनै सूचक बढेको थियो । नयाँ आर्थिक वर्ष लागेसँगै लगानीकर्ताको मनोबल बढेका कारण बजारमा सुधार आएको हो ।
नयाँ आर्थिक वर्ष लागेसँगै तरलता सहज भएको अनुमान लगानीकर्ताले गरेको छन्। असार मसान्तमा ऋणको व्याजको कारण लगानीकर्ता दबाबमा थिए । जसकारण बजार सुस्ताएको थियो । तर नयाँ आर्थिक वर्षले त्यस्ता समस्या समेत समाधान गरेको छ ।
बुधबार १६६ कम्पनीका १२ लाख ६७ हजार कित्ता शेयर ३९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दाबढी नेपाल बैंकको शेयर कारोबार भयो । उसको चार करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बैंकले विगतको बर्षमानै लाभांश दिने बताएको थियो । तर उसले विविध कारणले लाभांश दिन सकेन । तर यस वर्ष राम्रो प्रतिफल दिन्छ भन्ने अनुमान लगानीकर्ताहरूले गरिरहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो बढी कारोबार भयो । उसको दुई करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।उपसूचक मिश्रित देखिएका छन्। ११ समूहको कारोबारमा दुई समूहको उपसूचक घटेको छ भने ९ समूहको घटेको छ । वाणिज्य बैंक समूहमा सबैभन्दाबढी १।४७ प्रतिशतको वृद्ध देखिएको छ ।
होटेल समूहमा १.२८ प्रतिशतको गिरावट देखियो। उन्नति माइक्रोफाइनान्सको करिब सात प्रतिशत मूल्य बढ्यो भने सिभिल लघुबित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशत गुमाए ।