भ्रष्टाचार आरोपमा अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातसंग ८ घण्टा लामो बयान | अख्तियारका पूर्वप्रमुख आयुक्तसँग पहिलो पटक बयान
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पुर्वप्रमुख आउक्त दिप बस्न्यातसंग बयान लिएको छ । अनुसन्धान अधिकृतको टोलीले ललित निवास जग्गा प्रकरणमा तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसंग बयान लिएको हो ।
तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवका रुपमा उनले क्षेत्राधिकार नै नभएको बिषयमा तयार परेको प्रस्तावका आधारमा नक्कली मोहीले जग्गा पाएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफनी पुर्व प्रमुखलाई भ्रष्टाचार आरोप छानबिनका क्रममा बयान गरेको यो पहिलो हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग ८ घण्टा बयान लिएको छ । उनी बिहान कर्मचारी नआउँदै ९ बजे नै अख्तियार पुगेका थिए । शुक्रबार भएकाले कर्मचारी ४ बजे निस्किएका थिए । उनी त्यसपछि मात्र अख्तियारबाट बाहिरिएका थिए ।