बाढी तथा पहिरोमा परी ३० जनाले ज्यान गुमाए | उपत्यकामा मात्रै ८ जनाको मृत्यु
काठमाडौं । बिहीबारदेखिको अविरल वर्षाका कारण उपत्यकामा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । यस्तै अन्य जिल्लामा समेत गरी जम्मा ३० जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।
बाढी पहिरोमा परी ललितपुरमा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ । काठमाडौं, खोटाङ र काभ्रेमा ३र३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २र२ जना तथा पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १र१ जना गरी ३० जनाको ज्यान गएको हो ।
मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी १२ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा धादिङमा १र१ जना गरी १८ जना वेपत्ता भएका छन् ।
बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ ।