नेपालपछि भारतमा सार्वजनिक हुँदै हुण्डाईको ‘इलेक्ट्रिक एसयूभी’ |
काठमाडौं । नेपालमा सार्वजनिक भएको करिव ७ महिनापछि हुण्डाई इन्डियाले आज इलेक्ट्रिक एसयूभी (स्पोर्ट युटीलिटी भेइकल) ‘कोना’ भारतमा सार्वजनिक गर्ने भएको छ ।
हुण्डाई इन्डियाले ट्विटगर्दै ‘कोना’ सार्वजनिक हुने जानकारी दिएको हो । यो इलेक्ट्रिक एसयुभी फूल चार्जमा ४ सय ५२ किलोमिटरको दूरी तय गर्न सक्ने कम्पनीको दावी छ ।
हुण्डाई कोना २ ओटा भर्जन ३९.२ किलोवार्ट आवर र ६४ किलोवार्ट आवरमा उपलब्ध छ । तर हाल भारतमा भने ३९.२ किलोवार्ट आवर भर्जन उपलब्ध हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
३९.२ किलोवार्टको कोनाले १ सय ३१ बिपिएच पावर ३ सय ९५ एनएम टर्क जेनेरेट गर्छ । नेपालमा ३९.२ किलोवार्टको कोना उपलब्ध छ भने ६४ किलोवार्टको सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
नेपालमा यसले राम्रो बजार लिइरहेको हुण्डाई नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।