चीनले नेपाल एयरलाइन्सको सेफ्टी अडिट गर्ने |
काठमाडौं । चीनको ग्वाङजाउमा उडान अनुमतिका लागि प्रक्रिया शुरु गरेको नेपाल एयरलाइन्सको सेफ्टी अडिट हुने भएको छ । चीनको नागरिक उड्डयन संस्थाले एयरलाइन्सको सेफ्टी अवस्थाको जाँचबुझ गरेपछिमात्र उडान अनुमति दिने नदिने बारे निर्णय लिने जवाफ पठाएको हो ।
चीनबाट अडिटको प्रस्ताव आएको नेपाल एयरलाइन्सका प्रवक्ता नवराझ कोइरालाको भनाई छ । मिति भने टुंगो लागेको छैन । यसअघि दक्षिण कोरियाले पनि नेपाल एयरलाइन्सको अडिट गर्न खोजेपछि नेपालले नै अनुमतिको प्रक्रिया स्थगन गरेको थियो ।
नेपालको नियमकले पठाएको पत्रमा चित्त नबुझेपछि आफै आएर अडिट गर्न खोजेपछि लामो समयको बन्देज लाग्ने डरले तत्कालिन अवस्थामा कोरियाको अनुमति प्रक्रिया रोकिएको थियो ।
नेपाल एयरलाइन्सका अधिकारीहरुले युरोपियन युनियनको सेफ्टि लिस्टलाइ लिएर चिनियाँ पक्षले चासो देखाएको बताएका छन् ।