बिओकेको अगुवाइमा साढे ८ मेगावाटको सौर्य उर्जा परियोजनामा ऋण, साढे ६५ करोड लगानी गरिने |
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) को अगुवाईमा नेपालकै सबभन्दा ठूलो बैकल्पिक उर्जा आयोजनाको वित्तीयकरण सम्झौता सम्पन्न भएको छ ।
नेपालकै सबभन्दा ठूलो व्यापारिक आयोजना निर्माणका लागि रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीसँग सहवित्तीयकरण ऋण सम्झौता भएको हो । बिओकेको अगुवाईमा सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल बंगलादेश बैंकले ऋण लगानी गर्ने छन् ।
बुटवल तिलोत्तमा वडा नं. ७ मा ६५.४६ करोड लगानीमा २६ विगाहा जग्गामा ३२ हजार सोलार प्यानल भएको परियोजनामा ऋण लगानी गर्न लागिएको हो । ८.५ मेगावाटको सौर्य फर्मबाट ३३ केभी प्रसारण लाइनमार्फत एक करोड ४५ लाख १० हजार ५८४ किलोवाट युनिट विद्युत उत्पादन हुनेछ ।
आयोजनाबाट उत्पादनहुने विद्युत व्याट्रीमा स्टोरेज नभई उत्पादनकै समयमा सिधै राष्ट्रिय ग्रीडमा प्रवाह हुने छ ।