पल्सर डेयर भेन्चर ४ को रजिष्ट्रेशन खुल्ला |
काठमाडौं । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो ।
पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ सिजन पुरा गरिसकेको छ । जुन क्रमशː २०१४, २०१५ र २०१७ मा सम्पन्न भएको थियो । पल्सर डेयर भेन्चर ४ का साथ अब अन्तरराष्ट्रिय सिमाना पार गर्दै भयमुक्त तथा अलग प्रकारको एडभेन्चर महशुस गर्ने समय आएको छ ।
यस पटक पल्सर डेयर भेन्चरले पल्सर राइडरहरुलाई सबैभन्दा साहसिक रोडहरुको उचाई मापन गर्दै, अद्भूत अनुभव बटुल्ने बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लदाखमा लग्नेछ । यो पल्सर डेयर भेन्चर ४ अब विदेशमा आयोजना हुने भएको छ ।
पल्सर डेयर भेन्चर ४ को लागि रेजिष्टेशन सबैका लागि खुल्ला गरिएको छ र बजाज चालक बाहेकले पनि पल्सर डेयर भेन्चर ४ मा सहभागिता जनाउन सक्नेछन् । रजिष्ट्रेशनको अवधि २३ जुलाई २०१९ अर्थात श्रावण ७ गतेसम्म मात्र रहेको छ । तपाईंले पल्सर डेयर भेन्चरको वेभसाइट www.pulsardareventure.comमा गएर रेजिष्टर गर्न सक्नुहुन्छ ।
विदेशी भूभागमा जानुको रोमान्चक अनुभव बाहेक विजेताले १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस २०० प्राप्त गर्न सक्नेछन् ।