दीगो आर्थिक विकासमा सहयोग गर्न विश्व बैंकलाई अर्थमन्त्रीकको आग्रह |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल उच्च आर्थिक वृद्धिको आकांक्षासहित अघि बढेकाले त्यसमा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेका छन् ।
विश्व बैंककी भाइस प्रेसिडेन्ट तथा अडिटर जनरल एन्के डि एन्जेलोसँगको भेटमा अर्थमन्त्री खतिवडाले निरन्तर सहयोगका लागि आग्रह गरेका हुन् ।
सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रमास्तरोन्नती हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्य हासिल गर्न सरकार कटिवद्ध रहेको भन्दै खतिवडाले यसका लागि विश्व बैंकको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरे ।
नेपाल सरकारले प्रक्षेपण गरेबमोजिम आगामी केही वर्ष दिगोरुपमा उच्च आर्थिक वृद्धि हासिल गरी त्यसको लाभ सन्तुलित रुपमा सबै तहमा न्यायोचित वितरण गर्न पनि अर्थमन्त्री खतिवडाले आग्रह गरेका छन् ।
उनले संघीय संरचनाअनुरुप स्थानीय तह, प्रदेश र संघीय सरकारले इमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्न सके नेपाल कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने पनि उल्लेख गरे ।