नोबेलमा ‘ओपन हार्ट सर्जरी’ गर्ने तयारी |
काठमाडौं । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ ।
यो सेवा शुरु गर्नका लागि अन्तिम तयारी भईरहेको नोबेल अस्पतालले जनाएको छ । असार महिना भित्रै सेवा शुरु गरिने मुटु रोग बिशेषज्ञ डा. राजेश नेपालले जानकारी दिए ।
ओपन हार्ट सर्जरीका लागि अत्याधुनिक उपकरण र बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाईएको अस्पताल सञ्चालक डा. सुनिल शर्माको भनाई छ ।