हुवासिन सिमेन्टले माग्यो २०४ जना कर्मचारी, चिनियाँ भाषा जानेकालाई विशेष प्राथमिकता |
काठमाडौं । एकवर्षभित्रै उत्पादन गर्ने लक्ष्यसहित हुवासिन सिमेन्टले उद्योग पूर्वाधारको काम धमाधम गरिरहेको छ । कम्पनीले काममलाई तिब्रता दिन आइतबार २०४ जना कर्मचारी माग गरेको छ ।
चाइनिज भाषा जानेकालाई कम्पनीले प्राथमिकतामा राख्ने छ । सबैभन्दा बढि फर्कलिफ्ट ड्राइभर मागिएको छ । यसमा कम्पनीले ३० जना कर्मचारी चाहिने जनाएको छ । कुल ४५ विभागमा कर्मचारी माग गरिएको हो । मेसिन रिपेयर वर्कसपमा २४ जना माग गरिएको छ ।
कम्पनीले उच्चमाध्यमिक अध्ययनदेखि स्नातकोत्तरसम्मकालागि जागिर खुलाएको छ । कतिपय जागरिका लागि भने अनुभव पनि मागिएको छ । काम गर्ने स्थान भने धादिङ हुने छ ।
कम्पनीले धादिङको पानीखर्क क्षेत्रमा करिब ५०० रोपनी जग्गामा उद्योगको काम गरिरहेको छ । कम्पनीले ‘एक्सेस रोड’सँगै उद्योग स्थापनाको काम गरिरहेको छ । पाँच सय कामदारले उद्योग पूर्वाधारको काम गरिरहेको छ । आधा नेपाली र आधा चिनियाँ कामदारले दिनरात नभनी काम गरिरहेको छ । पुससम्म उद्योग पूर्वाधारको काम सक्ने लक्ष्य लिइएको छ ।
हुवासिन नेपालको सिमेन्ट उद्योगमा साढे १४ अर्ब रुपैयाँ लगानी गर्दैछ । यो उद्योगको नेपाली साझेदार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य हुन्।