तपाई जागिरको खोजिमा हुनु हुन्छ ? विद्युत प्राधिकरणमा ६५१ ज्ना लाई जागिरको अवसर |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अधिकृत तथा सहायक स्तरका पदमा ६५१ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले अधिकृत स्तरको पदका लागि १११ जना कर्मचारी भर्ना गर्ने भएको छ । त्यस्तै सहायक स्तरको पदका लागि ५४० जना कर्मचारी भर्ना गर्ने भएको हो ।
प्राधिकरणले १०औं तहको प्रवन्धक पदमा सिभिल र इलेक्ट्रिक समुहका लागि एक∕एक जनाको लागि दरखास्त आह्वान गरेको छ । यो पदका लागि नेपाल सरकार मातहतको कार्यलयमा न्युनतम ७ वर्षको कार्यानुभव हुनु पर्नेछ । आठौ तहसम्मका पदमा कार्यानुभव हुनु पर्नेछ भने बाँकी पदका लागि आवस्यक पर्दैन ।
प्राधिकरणले प्राविधिक तथा प्रसासन दुबै तर्फका रिक्त दरवन्दी पुर्ती गर्ने भएको हो । प्राधिकरणले सबैभन्दा धेरै मिटर रिडलरका लागि विज्ञापन खुला गरेको छ। क्षेत्रिय स्तरका कार्यालय तोकेरै कर्मचारी माग गरिएको हो ।
योग्यता पुगेका इन्छुक नेपाली नागरिकले साउन २ गतेसम्म आवेदन दिन सक्ने छन्। दोब्बर दोस्तुर तिरेर भने साउन ९ गतेसम्म आवदेन दिन सकिने प्राधिकरणले जनाएको छ । सम्पुर्ण पदको परिक्षा लोकसेवा आयोगले लिनेछ । अधिकृत स्तरका पदका लागि १२०० रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म दश्तुर लाग्नेछ भने सहायक स्तरका पदमा तीन सय रुपैयाँदेखि ८०० रुपैयाँ सम्म लाग्नेछ । पदका आधारमा दश्तुर शुल्क फरक फरक रहेको छ । समावेशी समुहका लागि आवदेन दिनेले थप दश्तुर भुक्तानी गर्नु पर्ने हुन्छ ।
प्राधिकरणले खुला पदपुर्ती सँगै आन्तरिक बढुवका लागि पनि विज्ञापन खुला गरेको छ । विज्ञापनको सम्पुर्ण विवरण शुक्रबारको गोरखापत्रमा हेर्न सकिनेछ ।