भोलि देखि ३ दिने महिन्द्राको मनसुन सर्भिस क्याम्प शुरु |
काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले मनसुन सर्भिस क्याम्प संचालन गर्न लागेको छ । “मनसुन सर्भिस क्याम्प” यहि २०७६ आषाढ १८ देखि २० गते सम्म संचालन गरिने छ ।
यो मनसुन सर्भिस क्याम्पमा महिन्द्रा गाडीका सम्पूर्ण रेन्जका चार पाङगे्र गाडीहरुलाई विभिन्न ३० चेक प्वाइटहरुमा दक्ष प्राविधिकहरुले जाँच गर्नेछन् ।यो योजनामा सम्पूर्ण ग्राहक तथा ड्राइभरहरुलाई स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा श्रमिक मूल्यहरुमा १०५ छुटको व्यवस्था साथै निːशुल्क स्वास्थ्य सेवा पनि प्रदान गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यो विशेष मौकामा कम्पनीले क्वान्टो, जाइलो र लोगन गाडीको स्पेयर पार्ट्स, तथा एक्सेसरिजमा भारी छुटको व्यवस्था समेत गरेको छ ।
मनसुन सर्भिस क्याम्प आषाढ १८ देखि शुचारु भइ २० गते सम्पन्न हुनेछ । यो सेवा नेपाल भर एकैचोटी बालाजु अटोवर्कस अन्तर्गतको महिन्द्राका सर्भिस नेटर्वकहरुमा उपलब्ध गरिने छ । महिन्द्रा गाडीका ग्राहकहरुले योे विषेश सेवा प्राप्त गर्न नजिकैको महिन्द्रा आधिकारिक र्वकशपमा छिटो भन्दा छिटो बुकिङ्ग गर्नु पर्ने जानकारी कम्पनीले गराएको छ ।