एसियन लाइफ इन्स्योरेन्सको लिलामीमा गएको शेयर संस्थापक र सर्वसधारणको नाममा कायम |
काठमाडौं । एसिएन लाइफ इन्स्योरेन्स कम्पनीले लिलामी गरेको शेयर संस्थापक र सर्वसधारणको नाममा कायम भएको छ ।
शुक्रबार खोलिएको बोलकबोलको प्रारम्भिक नतिजाअनुसार सर्वसाधारणतर्फ ३६७.६७ रुपैयाँ र संस्थापकतर्फ २१६.६६ रुपैयाँ (कट अफ प्राइस) तय गरिएको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।
’फिट एण्ड प्रोपर टेस्ट’ जाँच गर्न वाँकी रहेको क्यापिटलको भनाइ छ । बोलकबोलमा सबै शेयर विक्री भएको छ ।
साधारणतर्फ कम्तिमा ३४६.६७ रुपैयाँ र संस्थापक तर्फ २१६.६६ रुपैयाँ मूल्य राखेर आवेदन दिएका लगानीकर्ताले शेयर पाउने भएका छन् ।
साधारणतर्फ ६ सय ९९ र संस्थापकतर्फ ६ जनाले मात्रै लिलमिमा आवेदन दिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले विक्री नभएको हकप्रद शेयरको असार १ गतेदेखि ८ गतेसम्म लिलामी खुला गरेको थियो । दुई लाख १८ हजार ९३९ कित्ता साधारण शेयर र २४ सय २० कित्ता संस्थापक शेयरको बोलकबोल खुला भएको थियो । न्यूनतम प्रति कित्ता एकसय रुपैयाँ तय गरेर बोलकबोल आह्वान गरिएको थियो ।