सरकारले नेपालीको खुसी सर्वेक्षण गर्दै |
काठमाडौं । सरकारले नेपालीहरुको खुसी मापन गर्न सर्वेक्षण गर्ने भएको छ । समष्टिगत सुख सर्वेक्षण नाम दिएको उक्त सर्वेक्षणका आधारमा नेपालीहरुको सुख मापन गरिने तथ्याङ विभागका निर्देशक राजन सिलवालले बताए ।
ओली सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई आधारमा मानेर यो कार्यक्रम बनाइएको हो । आगामी आर्थिक वर्ष भित्र सर्वेक्षण सक्नेगरि तथ्याङक विभागले बजेट विनियोजन गरेको छ ।
‘नयाँ आर्थिक वर्ष लागेपछि कसरी सर्वेक्षण गर्ने भन्ने वितृत विधि बनाइनेछ,’ सिलवालले भने, ‘त्यसका लागि बजेट विनियोजन भइसकेको छ, आर्थिक वर्ष २०७७∕७८ मा यसको नतिजा सार्वजनिक गर्ने हाम्रो योजना छ ।’
तथ्याङक विभागले पछिल्लो जनगणना, कृषि गणना लगायतका तथ्याङकलाई आधार बनाएर अध्ययन गर्ने तयारी गरेको छ ।