एनसेलले गर्यो ‘कल आयो पैसा पायो’ योजनाका बिजेताको घोषणा, १० जनाले पाए स्मार्टफोन |
काठामाडौं । एनसेल प्रालिले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकको घोषणा गरेको छ । योजनाअन्तर्गत पहिलो चार हप्ताका १० जनाग्राहकलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ ।
बैशाख १६ देखि संचालनमा रहेको योजना साउन १३ गतेसम्म सञ्चालन हुने छ । ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्योभन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट २ रुपैयाँ बोनस स्वरुप १० मिनेटसम्म पाउँछन्। यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्दछन् ।
बोनसका साथै, अन्तरराष्ट्रिय आगमन कलमा कुरा गरी योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्छन्। योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १र१ थान स्मार्टफोन पाउँछन्। एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तरराष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिन्छ ।
योजना शुरु भएको चार हप्तासम्ममा ४० जना ग्राहक स्मार्टफोन पाउनको लागि छनोट भइसकेका छन् । जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरिसकेका छन्। अन्य ३० ग्राहकको पहिचान प्रमाणित भईसकेको छ ।