आशा राणा अधिकारी लाई सनराइज बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा |
काठमाडौं । सनराइज बैंकले आशा राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ ।
उनले अहिले कामु प्रमुख कार्यकारीका रुपमा सनराइज बैंकको ब्यवस्थापन नेतृत्व गर्दै आएकी छिन् । बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठलाई नियुक्त गरेपनि सञ्चालकहरुको बिबादका कारण उनी कार्यभार सम्हाल्न गएका छैनन् ।
विगत ३१ बर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत राणा सनराइज बैंकको स्थापनादेखि नै त्यहाँ छिन् ।
सनराइज आउनु अघि उनी हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६वर्ष भन्दा बढी काम गरेकी थिइन् ।
उनी त्रिभुवन विश्वविद्यालयबाट एमबीए हुन् ।