देशभर निर्माण सामाग्रिको अभाव, निर्माण कार्य प्रभावित |
काठमाडौं । देशभर निर्माण सामाग्रीको अभाव भएको सम्बन्धित ब्यवसायीहरुले बताएका छन्। सामाग्री अभावले निर्माण कार्य प्रभावित भएको भन्दै समस्या समाधानका लागि तत्काल ठोस कदम चालिदिन उनीहरुले सरकारसँग माग गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले केहि दिनदेखि सडक कालोपत्रे (पीच) कार्यमा अत्यावश्यक विटुमिन –अलकत्रा) आयात नहुँदा ठूलो समस्या परेको जानकारी दिएका छ ।
नदिजन्य निर्माण सामाग्रीहरु असारको सुरुवातदेखि नै उत्खनन कार्य बन्द भएकाले देशभरका व्यवसायीहरु थप मारमा परेको महासंघले विज्ञप्तिमा जनाएको छ । जतिसक्दो छिटो विटुमिन आयात तथा अन्य निर्माण समाग्री सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाई निर्माण कार्यलाई सहज बनाईदिन महासंघले भनेको छ ।
आर्थिक बर्ष समाप्त हुनै लाग्दा निर्माण कार्यमा देखापरेका यस्ता समस्याले देशभरका निर्माण व्यवसायीहरु ठूलो आर्थिक मारमा परी राज्यकै अर्थतन्त्रमा नकरात्मक प्रभाव पर्ने तर्क महासंघले दिएको छ ।