मेलम्ची खानेपानी बारे मलाई गलत ब्रिफिङ भयो ː प्रधानमन्त्री |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणका विषयमा आफूलाई गलत ब्रिफिङ भएको बताएका छन् ।
सरकारी निकायका उच्च अधिकारीले मेलम्ची खानेपानी आयोजनाको निर्माण सकिन्छ भनेर तोकेको मिति अगाडि नै ठेकेदार भागेको भन्दै प्रधानमन्त्रीले यसबारे आफूलाई गलत ब्रिफिङ भएको बताएका हुन् ।
‘मैले आजित भएर मन्त्रालयको सचिवलाई मेरो डायरीमा आयोजना कहिले सकिन्छ मिति लेख्नुस् भनेँ, उहाँले लेखेको जस्ताको त्यस्तै छ ।’ उनले भने, ‘आयोजना आउला भनेको ठेकेदार नै भाग्यो, यसबाट मुलुकलाई धोका भएको छ ।’
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले जनता, विकास निर्माण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रतिकुल प्रभाव पार्न नहुने पनि बताए ।
बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनको गति सन्तोषजनक नभएको उल्लेख गरे ।