माथिल्लो तामाकोशीको संचालक निर्वाचन असार ११ गते, ४ जनाको लागि १३ जनाको उम्मेदवारी |
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको संचालक निर्वाचनको लागि १३ जनाको आवेदन परको छ । आयोजनाको यही असार ११ गते हुने ११ औं वार्षिक साधरण सभाबाट सर्वसाधारण सेयरधनीतर्फबाट ४ जना संचालन चयन गरिने छ ।
मंगलबार भएको उम्मेदवारी मनोनयनमा ४ जनाको लागि १३ जनाको आवेदन परेको छ । निर्वाचन कमिटिले मंगलबार ३ बजे सम्मको लागि आवेदन दर्ता गर्न समय दिएको थियो । सो समयभित्र सर्वसाधरण सेयरधनी समुह ख बाट १३ जनाले उम्मेदवारको मनोनयन दर्ता गरेको आयोजनाले जानकारी दिएको छ ।
मंगलबार भएको मनोनयनमा प्रकाश तिवारी, माधव कोइरालालगायत १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । आयोजनाका अनुसार ११ गतेको निर्वाचनबाट ४ जना सेयरधनी निर्वाचित भएर संचालक समितिमा आउने छन् ।