६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा भएका छन् ।
लामो तयारीपछि प्रकाशित बढुवा सिफारिसमा २०५८ सालदेखि २०६१ सालमा भर्ना भएका असई टोली समावेश गरिएको छ । यद्यपि, पछिल्लो टोलीबाट थुप्रै वरिष्ठ सई बढुवामा छुटेका छन् ।
नेपाल प्रहरीमा इन्स्पेक्टर बढुवायोग्य वरिष्ठ सईको संख्या १ हजारभन्दा बढी छ ।